शीर्ष नेताहरू देउवा, प्रचण्ड र ओलीविच आज बालुवाटारमा छलफल हुँदै, माधव नेपाललाई बोलाईएन
काठमाडौं, माघ २३ गते । शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता हुँदैछ । बैठकमा पुर्व प्रधानमन्त्री माधव नेपाललाई बोलाईएको छैन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजे उहाँहरुबीच भेटवार्ता हुन लागेको हो ।
राष्ट्रिय राजनीतिमा आगामी निर्वाचन र अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे गम्भीर बहस भइरहेको अवस्थामा प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेट हुन लागेको हो ।