रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित


मस्को, माघ २४ गते । रुसमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका हुन् ।

ती सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी सङ्क्रमित हुन् । यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका बताइएको छ ।

त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ६६१ ज्ना सङ्क्रमितको निधन भएको छ ।

यो समेतगरी यहाँ अहिलेसम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी सङ्क्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई