अफगानिस्तानको सीमाक्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या


अफगानिस्तान, माघ २४ गते । पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमाक्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।

अफगानिस्तानतर्फबाट आतङ्ककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।

पाकिस्तानले आतङ्कवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ । साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो सङ्ख्यामा आतङ्ककारीहरु पनि मारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई