एक हप्ता एक दिन, खेतबारीमा केही छिन’


धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ १४ वर्षपछि आउँदो साउन महीनामा आफ्नो खेतबारी हेरचाह गर्ने र केही छिन सकेको काम गर्नुहुने भएको छ । नगरप्रमुख ब्याञ्जूले आफू मात्रै होइन, नगरका सबै बसिन्दालाई ‘हप्तामा एक दिन, आ–आफ्नो खेतबारीमा केही छिन्’ पु¥याउन नीतिगतरूपमै कार्यक्रम बनाउनुभएको हो । “‘एक हप्ता एक दिन, खेतबारीमा केही छिन्’ अभियानमार्फत श्रमको वातावरण तयार गर्न यस्तो कार्यक्रम ल्याएका हौँ, मैले आफ्नो खेतबारीमा नगएको १४ वर्ष भयो, यो अभियानअन्तर्गत म पनि मेरो खेतबारीमा पाइला टेक्नेछु”, नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका ब्याञ्जूले भन्नुभयो । पर्यटकीयस्थलका रूपमा देशविदेशमा परिचित धुलिखेल नपाले आउँदो आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रममा ‘एक हप्ता एक दिन, खेतबारीमा केही छिन्’ कार्यक्रम बनाएको छ । नगरप्रमुख ब्याञ्जूले भन्नुभयो, “यस अभियानमा म मात्र होइन, नगर कृषकबाहेक गैरकृषक सबैलाई आफ्नो खेतबारीमा हप्ताको एक दिन, केही समय हेरचाह गर्न र सकेको काम गर्ने वातावरण तयार गर्छु ।” उहाँले शुरुमा आ–आफ्नो खेतबारीमा जान अभियाननै चलाइने र पछि खेतबारीमा जाने बानी पर्दै जाने भएकाले अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो । अभियानले कृषिको ज्ञान, विकास आदानप्रदान तथा नयाँ लगानीको वातावरण बन्न मद्दत पुग्ने अपेक्षा गरिएको ब्याञ्जूले बताउनुभयो । धुलिखेलमा नयाँ कृषि फार्मले काम गर्न चाहिरहेको बताउँदै “अब बाँझो जमीनमा सिँचाइको व्यवस्था गरी सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुछ”, भन्नुभयो । उहाँले जैविक कृषि उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिक कृषिमा लाग्न चाहने युवा कृषकलाई रु पाँच लाख निब्र्याजी ऋण दिइने नीतिगत कार्यक्रम बनाइएको पनि जानकारी दिनुभयो । नगरको रविओपी, देवीटार र पात्लेखेतलाई पोल्ट्री र कृषि, पशुपालनको पकेटका रुपमा विकसित भइरहेको र अन्य क्षेत्रमा यससम्बन्धी उत्पादन प्रसार गर्दै जाने कार्यक्रम बनाइएको छ । नगरमा कागती, लिची र सुन्तलाको सम्भावनाको क्षेत्र पहिचान गरी व्यावसायिक खेतीमा जोड दिइने ब्याञ्जूले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका ग्रामीण भेगमा जैविक उत्पादनलाई जोड दिँदै बिक्री गर्न कृषि उपज बजार केन्द्र राख्नेछौँ ।” कृषिलाई यान्त्रिकीकरण गर्न ५० प्रतिशत अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरको १२ वडामा करीब ३५ हजारको बसोबास रहेको छ । नगरप्रमुख ब्याञ्जूले नगरको हरेक वडामा एउटा कृषि विशेषता भएको बनाइने भएकाले सबै वडामा कृषि प्राविधिकको व्यवस्था गरिने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा आर्थिक वर्ष २०७६÷७७ का लागि नगरमा ७७ करोड विकास बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई