बुधवारका लागि तय भएको प्रतिनिधिसभाको बैठक किन भयो स्थगित
कठमाडौं, माघ २६ गते । बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ । अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको संसद सचिवालय जनाएकाे छ ।
सूचनामा भनिएको छ, ‘माघ २६ गते बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम फागुन २ गते सोमबार दिउँसो १ बजे बस्ने व्यवहोरा सूचना प्रकाशित गरिएको छ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएपछी सभामुखले टेबुल नगर्ने अडान लिइरहेका बेला यही विवादलाई पन्छाउन सभामुखले बैठक स्थगित भएको हो स्रोतले बताएको छ ।