बालकोटमा अध्यक्ष ओली र डा शेखरबीच यस्तो भयो छलफल
काठमाडौं माघ २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
सत्तारुढ दल कांग्रेसमा संस्थापन इतर पक्षको ‘नेतृत्व’ गरिरहेका कोइराला संसद्को प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेट्न ओली निजी निवास बालकोट पुग्नु भएको हो । २ नेताबीच करिब साढे २ घण्टा छलफल चलेको थियो । हिजो ओली निवास बालकोट पुगेर भेटघाट गरेका कोइरालाले संसद सुचारु गर्ने लगायत पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बताउनु भयो ।