खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता


खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् । असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि उनीहरु चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका–६ ठूलो पालुवाका करीब ३०० घरपरिवार कृषकलाई आगामी वर्षमा मकैको बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता बढेको छ । बारीमा लगाएको मकै खडेरीको कारण सखाप भएपछि उनीहरुलाई चिन्ता थपिएको हो । स्थानीयवासी जीवन आचार्यले भन्नुभयो, “सबै अन्नबाली खडेरीले परालजस्तो भएको छ, हामीलाई आगामी वर्षको बीउको चिन्ता बढेको छ ।” अब पानी परेपनि मकै पुरानो स्थितिमा नआउने उहाँको भनाइ छ । “सबै मकै सुकेको छ, किराको प्रकोप पनि उस्तै छ, अब पानी आए पनि काम छैन ।” यहाँका किसानले सुकेको मकैको बिरुवा गाईवस्तुलाई खुवाउन थालेका छन् । तर गाईवस्तुले पनि खान छाडेको अर्का कृषक गणेश परियारले बताउनुभयो । परियारले भन्नुभयो, “बारीको सबै मकै वस्तुलाई खुवाउन थालेका छौँ, तर वस्तुले पनि खान छाडे अब त ।” मकै खुवाउँदा कतिपयको वस्तु नै मरेको उहाँको भनाइ छ । समयमा वर्षा नभएपछि गाउँमा पिउने पानीको अभाव भएको छ भने खेत बाँझै छ । वर्षभरि खाने कमाइ सखाप भएपछि उनीहरु कसरी बाँच्ने भन्ने चिन्तामा परेका हुन् । अन्नबाली जति खडेरीले सखाप बनाएपछि भोकमरीको चिन्ता हुन थालेको हो । सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । स्थानीयवासी कुलबहादुर कार्कीले भन्नुभयो, “हामीलाई खडेरीको कारण समस्या थपिएको छ, योसँगै जिल्लाको अन्य ठाउँमा पनि खडेरीका कारण यस्तै अवस्था छ, त्यस्ता ठाउँको पहिचान गरी सरकारले राहतको व्यवस्था गर्न आवश्यक छ ।” दलगाउँ, कोट, गोगने, वास्तीम, हसनपुरलगायत ठाउँमा खडेरीको कारण अन्नबालीमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई