कुर्था–जयनगर रेल सेवा फागुन १ गतेदेखि
जनकपुर, माघ २६ गते । फागुन १ गतेदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल नियमित सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिने तयारी गरिएको छ । रेल सञ्चालनमा आइसकेपछि अवरोध नहोस भन्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि प्रत्येक दिन एक पटक कुर्था–जयनगरसम्म ड्राइ रन रेल सञ्चालनको तयारी गरिएको हो ।
रेल सञ्चालन भएपनि त्यसमा यात्रु नबोक्ने नै ड्राइ रन भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण हुन्छ । ड्राइ रनको क्रममा फल्टहरु फेला परेमा मर्मत सम्भार गर्ने योजना रहेको छ । गोरखापत्रवाट