लागूऔषध सहित पक्राउ


ठमाण्डौ, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध १ हजार २ सय ट्याब्लेट नाईट्राभेट सहित भारत  सितामणी कनौली बेताही बस्ने १९ बर्षीय दीपक कुमार पूर्बेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२-०३-००१ ख ०४०६ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार दीपकले झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-८ रेडक्रस अगाडिबाट सोही महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २३ वर्षीय बिकाश कुमार शराफलाई २ सय ८० ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रदेश २-०३-००३ प ७१८४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई