मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जना पक्राउ


पर्सा, छुट्टाछुट्टै स्थानबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विन्दवासिनी गाउँपालिका-२ बस्ने २८ वर्षीय राजनाथ यादव, बारा जितपुर सिमरा उपमहानगरपालिका-७ ठेगाना भएका २० वर्षीय रंजित सहनी र जितपुर सिमरा उपमहानगरपालिका-७ ठेगाना भएका १९ वर्षीय सभन पाठक रहेका छन् ।

राजनाथलाई वीरगञ्ज महानगरपालिका-३ ठाकुर राम क्याम्पस पछाडि पार्किङ गरी राखेको ठोरी गाउँपालिका-५ बस्ने अनिल कुमार चापागाईंको ना.४४ प ८२७५ नम्बरको मोटरसाइकलको लक तोडेर चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । यसैगरी रंजित र सभनलाई वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीय बिनोद प्रसाद सहनीको घरमा पार्किङ गरी राखेको ना.१६ प २९७४ नम्बरको मोटरसाइकलको लक तोडी चोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई