पशुपतिनाथलाई भोलिबाट दर्शन गर्न पाइने
माघ २७ : पशुपतिनाथको मन्दिर भोलि (शुक्रबार)बाट भक्तजनको लागि खुला हुने भएको छ । भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दिर खुला गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ ।