प्रचण्ड–कोइराला भेटमा यस्तो भयो छलफल
काठमाडौं, माघ २७ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेट वार्ता भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमालटारमा दाहाल र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायतका विषयमा छलफल भएको थियो ।
यसलगायत समसामयिक राजनीतिक विषयमा प्रचण्ड र कोइरालाबीच करिब एक घण्टा छलफल भएको हो ।