प्रचण्डको प्रस्ताव देउवाद्धारा ठाडै अस्वीकार
काठमाडौं, २७ माघ : काठमाडौं, माघ २७ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
सत्ता गठबन्धन जोगाउन मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) पनि चुनाव पछि धकेल्ने प्रचण्डको प्रस्तावलाई देउवाले ठाडै अस्वीकार गरेका छन ।
उनले एमसीसी थाती नराख्ने भन्दै छिटो निर्णय दिन र १६ फागुनको समयसीमा अगावै संसदमा टेबुल गरेर पारित गर्न आफू बढ्ने देउवाको स्पष्ट जवाफ दिएको स्रोतले बताएको छ ।
माधव नेपालले पनि गठबन्धन टुट्न दिन नहुनेमा जोड दिएका थिए । एमसीसीबारे भ्रमहरु फैलाइएको भन्दै देउवा आक्रोशित समेत भएका थिए । उनी कडा रुपमा प्रस्तुत भएपछि प्रचण्ड र माधव नेपाल निराश भएर फर्किएका थिए ।