अवैध लागूऔषध सहित फक्राउ


बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट करिब ५२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-४ बस्ने अछाम तुर्माखाद गाउँपालिका-७ घर भएका र अछाम पंचदेवल बिनायक नगरपालिका-४ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले  उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित केरावारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय मिकेनजी लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक लिम्बुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ मंगलगडी चोकबाट करिब १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २५ वर्षीय अजय सिंह चौधरी र २६ वर्षीय राजु गायन रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई