२४ घण्टामा थप ११२७ जनामा कोरोना पुष्टि, १४ को मृत्यु
काठमाडाैं माघ २८ गते । बिगत २४ घण्टामा ११२७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
कुल २० हजार ९८९ नमुनाको जाँच गर्दा ११२७ जानामा सङ्क्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा २२ सय १५ जना संक्रमण मुक्त भएका थिए ।
त्यस्तै विगत २४ घण्टाको अवधिमा १४ जनाको मृत्यु भएको थियो ।