संरक्षित वन्यजन्तु भालुको पित्त सहित पक्राउ


काठमाडौं, टोखा नगरपालिका-९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने १ थान बस्तु सहित लमजुङ दोर्दी गाउँपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मन बहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-९ क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको  हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार  काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई