अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात फरार भएका व्यक्ति पक्राउ


काठमाडौं,

अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात अर्कैको घर देखाई फरार भएका काठमाडौं महानगरपालिका-६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ घर भएका १९ वर्षीय उर्गेन टासि शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-७ चावहिलबाट शेर्पाले अनलाईन मार्फत २ थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल रिसिभ गर्छु भनि मोबाइल मगाएको र मोबाइल रिसिभ गरेपछि छेउ छाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिएर भागेको घटनामा संलग्न उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थाना मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई