अवैध लागूऔषध सहित पक्राउ


 

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोष्टबाट नियन्त्रित लागूऔषध ४ सय १ एम्पुल डाईजेपाम, ४ सय १ एम्पुल नुर्फिन र ४ सय ३ एम्पुल फेनारगन सहित भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने ३० वर्षीय रोहन खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौं आउदै गरेको ना.१ ज ७३८१ नम्बरको टाटा सुमोलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार रोहनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ  गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र १ बोतल कोरेक्स सहित सोही महानगरपालिका-२४ रामगढवा बस्ने २० वर्षीय राजन कुमार चौरसियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, केराबारी गाउँपालिका-१० बगैचा टोलबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित पथरी शनिश्चरे नगरपालिका-४ घर बताउने २४ वर्षीय दिपक दर्नाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-४ मधुवापुर बस्ने महेन्द्र साफिको गोठ घरबाट करिब १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । उनको गोठ घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा  ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले गोठ घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार महेन्द्रको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ टेढारोड स्थित अटोरिक्सा पार्क छेउबाट वेवारिसे अवस्थामा रहेको करिब १० केजी अवैध लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई