प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव पछी एमालेको पहिलो प्रतिकृया


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको प्रमुख प्रतिपक्षी दल एमालेको नेताको टिप्पणी आएको छ ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

रिजालको प्रतिकृया
१ प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ ।

२ स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ ।प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।

३ सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।

यसैगरि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोग प्रस्ताव अप्रत्याशित र सत्ता गठबन्धनको गलत नियतबाट आएको छोटो प्रतिक्रिया दिँदै भन्नुभयो, ‘ यस विषयमा हामीसँगै कुनै छलफल भएको छैन कुन उद्देस्य र नियतबाट ल्याइयो हामीलाई थाहा भएन ।’

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई