प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता
काठमाडौं, फागुन १ गते । सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता भएको छ । साे प्रस्ताबमा सांसदहरू पुष्पा भुषाल, देब गुरूङ्ग र जीबनराम श्रेष्ठले हस्ताक्षर गर्नुभएकाे छ ।
सत्तारूढ दलका सांसदहरुले सो प्रस्ताव आज बिहान सवा १० बजे सिंहदरबारस्थित सचिवालयमा दर्ता गर्नुभएको हो । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले न्याय सम्पादनमा उहाँकाे असक्षमता र अयाेग्यता प्रष्ट देखिएकाले संविधानको संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम महाअभियाेग कार्यविधि नियमन ऐन २०५९ काे दफा ३ काे उपधारा १ र २ बमोजिम संसदमा महाअभियोग दर्ता गरेको बताउनुभयाे ।
उहाँले स्वतन्त्र र निष्पक्ष ढंगले न्याय सम्पादन नगरेको र पक्षपात र भेदभाव गर्नुभएकाले विभिन्न समस्या बढेका कारण न्यायालय सुचारु गर्न नसकेकाले महाअभियोग लगाइएको बताउनुभयो ।