महेश बस्नेतले फेसबुक स्टाटस मार्फत खगराज अधिकारीलाई कारबाही गर्न माग गरेपछी बस्नेतको स्टाटसमा व्यापक आलोचना


काठमाडौं फागुन १ : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीलाई कारबाही गर्न पोलिटब्यूरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत माग गरेपछी बस्नेतको स्टाटसमा व्यापक आलोचना भएको छ ।
हेर्नुस महेश बस्नेतको स्टाटस र यसमा आएका केही कमेन्टहरू

अर्जुन आचार्य : यो आन्तरिक कुरा भयो नी कमरेड!
तपाईं जत्तिको नेताले यहाँ छरपस्ट नगर्नुस होला!

सुन्दर सापकोटा : यस्तो बसेर छलफल गरेर निचोड निकाल्नु पर्ने आन्तरिक कुरालाई सामाजिक सञ्जालमा पोस्ट गरेर जगत हँसाउनु भएन है महेश दाइ तपाई संग म जस्ता लाखौं युवाहरुको मन मुटु र बिश्वास जोडिएको छ ।

उदेश राई : दाइ हजुर हामी सबैको अदर्श नेता हुनुहुन्छ पार्टीको आन्तरिक कुरा यसरी समाजिक संजालमा लेख्नु गलत हो। तपाई नेतृत्वहरु बैठक बसेर छलफल गर्नुहोस् ।
सुसन घिमिरे : सङ्गठन प्राली शैलीमा चलाउने युवा नेता भनिएकाको हर्कतले उमेरले मात्रै होइन चेतना पनि युवा बन्न सक्नुपर्छ भन्ने बिषयलाई थप प्रष्ट पारेको छ । सामाजिक सन्जालको बमनले बिधी, पद्धति अनि साङ्गठनिक चेतनाको हैसियत देखाएको छ ।

से वा रेग्मी : तोइट ! यति नगरी जग नहसाइ युवा नेता भनेर कसरी मान्ने जनताले ! उन्नती प्रगतिकक कामाना

रिता ढकाल : मनमा अमिलो हुन सक्छ, सबै कुरा चित्तबुझ्दो नहुन नि सक्छन् सामाजिक संजाल पार्टीका तिक्तता पोख्ने थलो हैन, चित्त नबुझेका कुराहरु पार्टीको बैठकमा राख्ने हो नि आदरणीय दाजु कमरेड

कृष्ण वन्धु : पार्टीकेन्द्रसामु राख्नुपर्ने कुरा सामाजिक सञ्जालमा राखेर शत्रु हसाउँदै कार्यकर्तालाई निराश पार्ने काम गर्न तपाईंलाई कसले छुट दियो नि फेरि महेश कमरेड ?
कृष्ण श्रेष्ठ : आज आयर कमरेड महेस बस्नेत ज्यु तपाइ कोआज को लेख पार्टी को नीति सिद्धान्त र आचरण बाहिर गयो कि? पाटी लाई चौतर्फी घेराबन्दी पारिरहेको बेला निकट दिनमै आसन्न निर्वाचन हुन गहिरहेकाबेला चित्त नबुझेका पार्टी का आन्तरिक कुराहरु बाहिर संजाल मा ल्यायर सत्रु हसाउनु
पक्कै पनि राम्रो भयन कि ?

सुनिल ओझा : तपाईं गृहमन्त्री नबन्दाको झोकमा अझै पनि हुनुहुन्छ ?
तपाईंको पिया मात्र हो र युवा संघ ? तपाईंको गुरिला
लाई मात्र पटक पटक पदमा पुराउनु पर्ने ? चौतर्फी
एमालेलाई आक्रमण भएको बेलामा पाटी भित्र बहस
छलफल र निर्णय गर्ने हो कि बाहिर आक्रोश पोख्ने हो ?

केशव भण्डारी : एमालेले विधि बिधान लाई मानेर जाने हो भने । सर्वप्रथम तपाई कार्वाही मा पर्नु हुन्छ काम्रेड तपाई मा नेता हुने एउटै गुण छैन । अरुलाइ होच्याउने र गाली गर्नु बाहेक तपाईं सङ्ग ठोस कुनै भिजन छैन ।

शुभम बराल : “कमरेड महेश बस्नेत जि म तपाईं धेरै ठुलो प्रशंसक पनि हो, जो युवा सँघमा हजुरको धेरै ठुलो योगदान छ, तर के आन्तरिक कुरा फेसबुकमा सार्वजनिक गर्नु ठिक होला र?”?
?”सामाजिक संजालमा कसैले पदमुक्त गरियोस भनेर हुने हो र ? कमरेड शत्रुलाई हसाउने कार्य नगरौ साथै सामाजिक संजालमा संगठन बिभाग प्रमुख लाई पदमुक्त गरियोस भन्दा अचम्म लाग्यो ।

बिष्णु अधिकारि : राजनीतिक संस्कार को विकास आफै वाट सुरु गरेको राम्रो है महेश कमरेड आन्तरिक असन्तुष्टि लाई आन्तरिक रुपमा नै समाधान गरेको राम्रो हुन्छ। तपाईँ आफै भन्दै हुनुहुन्छ एमाले लाई सवै तिर वाट घेरा हालेको छन् भनेर तपाईँ कै भासा लाई सापटि लिने हो भने के तपाई का यस्ता स्टाटस हरु ले एमाले पार्टी लाई घेरा तोड्न सहज हुन्छ त?? आन्तरिक मनमुटाव आन्तरिक रुपमा नै समाधान गरेको राम्रो नत्र कारवाही पनी तपाईँ वाट नै सुरू गर्नु पर्ला नी फेरी

 

 

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई