सत्ता गठबन्धन बिरुद्द एमालेका प्रभावशाली नेता विष्णु रिमालको कडा स्टाटस
काठमाडाैँ २ फागुन : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि ‘गठबन्धन’लाई ‘ठगबन्धन’काे संज्ञा दिनुभएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस रिमालको स्टाटस
“गठबन्धन” भनिने ठगबन्धनले
शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ।
ढुंगा सर्वोच्चमा बज्रिएको छ।
भनिन्छ नि-
फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन!
हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी?