माओवादी र जसपालाई ठूलो धक्का दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश
रुपन्देही, फागुन २ : रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गर्नुभएको छ । जसको कारण नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई ठूलो धक्का लागेको छ ।
ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव आज एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरु आफ्नो समुहका सवै नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको हो । केवट र हरिजन माओवादी केन्द्र निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुनुहुन्छ ।
अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउदै एमाले उपाध्यक्ष बिष्णु पौडेलले २०७४ मा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताउनु भएको छ ।