ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ


मोरङ, धनपालथान गाउँपालिका-३ बेतौना बस्ने ३० वर्षीया महिलाको अन्दाजी १३ तोला चाँदीका गहना ठगी गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने ४० वर्षीया रिना खातुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । रिनाले ती महिलाको घरमा चाँदीका गरगहना राखी जोखना हेराउने भन्दै उक्त परिमाणको चाँदीका गहना ठगी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बतौनाबाट खटिएको प्रहरीले रिनालाई पक्राउ गरेको हो ।

झापा, चेक बाउन्स सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि नगद २ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सिटिसेन्टर बस्ने ३६ वर्षीय दिनेश लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिनेशले चेक बाउन्स सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि बिर्तामोड नगरपालिका-६ बस्ने एक व्यक्तिबाट बिभिन्न मितिमा उक्त नगद ठगी गरेको र पुनः नगद ४ लाख रुपैयाँ माग गरेको भनी ईलाका प्रहरी कार्यालय अनारमनीमा निबेदन प्राप्त भएपछि सो कार्यालयबाट खटिएको प्रहरीले दिनेशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई