एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न पुर्व प्रधानमन्त्री भट्टराईको कडा चेतावनी
फागुन ४ काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिनुभएको छ ।
सत्ता साझेदार दलका नेतासमेत रहेका पुर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै बताउनु भएको हो ।
भट्टराईको ट्विट
MCCको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन!सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!