प्रचण्डलाई देउवाले दिए यस्तो जवाफ
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्ने बताउदै यसलाई अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ भन्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार बिहान भेटमा उक्त कुरा बताउनु भएको हो । एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गर्दै एमसीसी टेबल गर्दा सरकार छाड्नुपर्ने अवस्था हो भने सरकार छोडेर जान देउवाले भन्नुभएको स्रोतले बताएको छ ।