सत्ता गठबन्धनको बैठकमा महामन्त्री गगन थापा देखी झलनाथ खनालसम्म सहभागि
काठमाडौं, फागुन ५ गते : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौला , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल, जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र राजेन्द्र हुनुहुन्छ ।