प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी, अर्को बैठक ८ गते
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
एमाले अवरोधबीच प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए। अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने छ ।