एमसीसीको विरोधका नाममा हिंसा भड्किन थालेपछि अमेरिकी राजदूत र्यान्डी बेरीको यस्तो आयो ट्विट
काठमाडौं । अमेरिकाले नेपालमा एमसीसीको विषयलाई लिएर भएर भइरहेको प्रदर्शनका विषयमा आफ्नो धारणा सार्वजनिक गरहेको छ । नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार सामाजिक संजाल ट्विटर मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।
अमेरिका हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने काठमाडौंस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले बताएका छन् ।
हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ बेरीले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022