कुशलको शतकमा फिलिपिन्सलाई २ सय १९ रनको विशाल लक्ष्य
युवा ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई २ सय १९ रनको विशाल विजयी लक्ष्य दिएको छ ।
मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनायो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहे । यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका हाने । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गर्न सफल भए ।