अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट करिब ८ सय ६५ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित कैलाली गोदावरी नगरपालिका-९ बस्ने ३३ वर्षीय जिबन धामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । भैरहवादेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ३८१५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार धामीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित भवानी हेल्थकेयर अगाडि सडकमा प्र.३-०१-०२४ च ७५९१ नम्बरको पिकअप गाडीबाट करिब १ सय २६ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गाडीका चालक धादिङ सिदुलेख गाउँपालिका-६ बस्ने २२ वर्षीय सुरेन्द्र विक र गाडीमा सवार मकवानपुर कैलाश गाउँपालिका-२ बस्ने ४८ वर्षीय भिमलाल मोक्तान रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले गाडी जाँच गर्ने क्रममा माछा बोक्ने ड्रमभित्र प्लास्टिकको पोकामा राखिएको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ८५ हजार रुपैयाँ र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

कञ्चनपुर, विष्णपुर नगरपालिका-५ गजरौलाबाट करिब ९ सय ३४ ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-३ मालाखेती बस्ने १९ वर्षीय प्रकाश दत्त पन्त र सोही ठाउँ बस्ने ४९ वर्षीय राज दत्त पन्त रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिसकिलोस्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन १ सय एम्पुल, फेनरागन १ सय एम्पुल र डाईजेपाम १ सय एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्तीनगर नगरपालिका-२ बस्ने २१ वर्षीय सुनिल दरै र सोही नगरपालिका-७ बस्ने २१ वर्षीय दिपसन सुनार रहेका छन् । प्रदेश ३-०६००१ ख ००१३ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध स्पासपेन ७ सय ४२ ट्याब्लेट, ट्रमाडोल ७ सय १४ ट्याब्लेट र टापेन ४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय सुवास राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठामा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका लिङगेटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ४० ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर र दाङ तुल्सीपुर उपमहानगरपालिका-१४ डुरुवा बस्ने २० वर्षीय सुनिल भण्डारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध लुप्रिजेसिक १३ एम्पुल, डाईजेपाम १३ एम्पुल, एभिल १३ एम्पुल र फेनारगन १३ एम्पुल सहित खोटाङ बाकसिला गाउँपालिका-१३ बस्ने २६ वर्षीय नैन बहादुर सुनुवारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्न क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई