सत्ता साझेदार दलको बैठक अगाडि एमालेका प्रभावशाली नेता बास्कोटाको यस्तो आयो ट्वीट
काठमाडौँ, फागुन ८ गते : अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक आज बस्दै छ ।
नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्षनेताहरू बिहान १० बजे छलफलमा जुट्दै हुनुहुन्छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी अनुमोदनका लागि संसदमा प्रस्ताव लैजान संसदबाट जसरी पनि एमसीसी अनुमोदन गराउन प्रयास जारी रहेको बेला एमालेका प्रभावशाली नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा एसलाई लक्षित गर्दै जस्केलाबाट आएको नक्कली पार्टीको पार्टीको फाइँफुइँ आजै सकिने ठोकुवा गर्नुभएको छ ।
बास्कोटाले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै उक्त ठोकुवा गर्नुभएको हो ।
जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात हुने भएछ।मन्त्रीहरुले भोट हाल्ने नेताहरुले बहिष्कार गर्ने।समाजवादी कायदा !!!