एमसीसी सम्झौता संसदमा पेश गर्न गठबन्धनका नेताहरू सहमत, आजै टेबुल हुने
काठमाडौं, फागुन ८ गते : अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति भएको छ ।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सो निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई बताउनुभयो । न्त्री कार्कीले भन्नुभयो ‘एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’
लामो समयको विवादपछि सत्ता गठबन्धन सहमतिमा पुगेको हो । संसदको बैठका आज दिउसो १ बजे बस्ने तय भएको छ ।