एमालेको विरोध बिच एमसीसी टेबल, संसदको अर्को बैठक फागुन १२ गते
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको विरोध बिच अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ ।
सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ। त्यही बैठकबाट एमसिसी सम्झौतामाथि छलफल सुरू हुने छ।