एमसीसी सम्झौता संसदमा पेश भए लगत्तै एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको यस्तो आयो स्टाटस
काठमाडौं, फागुन ८ गते । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा पेश भए लगत्तै एमालेका प्रभावशाली नेता तथा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको नाटक मन्चन भन्नुभएको छ ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस पोखरेलको स्टाटस
अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन –
सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने ! संगैकाहरू सजिलै/ अप्ठ्यारै गरी बसिरहने ! अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने ! ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु ‘ भन्ने निर्लज्ज (खल) नायक चाहिं सहज ढंगले लाजशरम पचाएर प्रकृया अगाडि बढाइरहने !
वाह रे ‘गठवन्धन’ ! वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार ! वाह रे त्यसका भक्तजन र अनुयायीहरू !!