एमसीसीका सम्बन्धनमा सत्तारुढ दलहरुले नै दोहोरो चरित्र देखाएपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस
काठमाडौं, फागुन ९ गते । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा पेश भए लगत्तै एमालेका महासचिव शंकर पोखरेलले विगतमा आफै रोक्न लगाउने, आफैले सहमती गरेर पेशगर्न दिने र आफै विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मंचन गरिएको भद्दा नाटक न हो भन्नुभएको छ ।
एमसीसीका सम्बन्धनमा सत्तारुढ दलहरुले नै दोहोरो चरित्र देखाउदै गठबन्धन बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमत भएका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले संसद र सडकमा भने विरोध गरेपछी पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस पोखरेलको स्टाटस
विगतमा आफै रोक्न लगाउने, आफैले सहमती गरेर पेशगर्न दिने र आफै विरोधमा
वक्तव्य दिने कुरा तयारीसहित मंचन गरिएको भद्दा नाटक न हो ।