प्रतिनिधि सभाको बैठकमा सिखण्डी खडा गरेकोमा एमाले उपमहासचिव विष्णु रिमालको कडा आपत्ती


काठमाडौं फागुन ९ : प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव दर्ता हुँदै गर्दा नेकपा एमालेका सांसद भीम रावललाई व्यक्तिगतरूपमा बोल्न दिएकोमा एमालेका उपमहासचिव विष्णु रिमालले कडा आपत्ती जनाउनु भएको छ ।

एमाले सांसदहरू नियमित प्रक्रियाअनुसार नाराबाजी गर्दै रोष्टम घेराउ गर्दै गर्दा सभामुखले एमाले सांसद रावललाई बोल्न समय दिएपछी रिमालले त्यसको बिरोध जनाउदै सामाजिक सन्जाल एक स्टाटस लेख्दै दलको जानकारी बेगर सिखण्डी खडा गरेको आरोप लगाउनु भएको हो ।

हेर्नुस रिमालको स्टाटस

‘गठबन्धन’वालाहरू-
‘घीऊ बेचुवा र तरवार वेचुवा’जस्ता!
प्रमको दल र सभामुखको दल दुबै
एमालेलाई देखाएर एक-अर्कामाथि हावी हुने दाउमा छन्।
क्याविनेटमा सुरक्षा टाईट गर्ने निर्णय गर्ने,
सडकमा हिंसात्मक बिरोधमा कार्यकर्तालाई उकास्ने
प्रमुख प्रतिपक्षलाई बिरोधमा उत्रिन बाध्य पार्ने,
हाउसमा भने दलको जानकारी बेगर-‘सिखण्डी’ खडा गरेर
“बहस पनि यसैगरी, निर्णय पनि यसैगरी” हुने भन्दै
“चिट पनि मेरै-पट पनि मेरै,
चिची पनि मलाई- पापा पनि मलाई”को
कपटपूर्ण अभ्यासमा ‘गठबन्धन’छ!

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई