आजभोलि नै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, एमालेसँग मिलेर एमसीसी फेल गराउँछौं : नारायणकाजी श्रेष्ठ
काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन केही दिन फिर्ता लिने भएको छ।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गर्नुभएको हो ।
श्रेष्ठले सरकारलाई दिएको समर्थन पनि आजभोलिभित्रै फिर्ता लिईने बताउनु भएको हो । आज राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो बताउनु भएको हो ।