अवैध लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड बस्ने ३३ वर्षीय भुपलाल बिकलाई ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुपलालले आफ्नै घरमा लागूऔषध बिक्री गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट ४ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ३८ वर्षीय साहदत अलि र १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, कचनकवल गाउँपालिका-५ डाँगाबारीबाट ५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित बिर्तामोड नगरपालिका-२ सैनिक मोड बस्ने २८ वर्षीय सरोज भट्टराई र बिर्तामोड नगरपालिका-९ बस्ने २० वर्षीय विशाल बुढाथोकीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतीय सिँमा नाकाबाट आउँदै गरेको प्र १-०१-०१३ प ७९७४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।