सुनको मूल्य बढ्यो


 

काठमाडौं, फागुन १० गते । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज आठ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सय तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर रु. एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
सुनको मुल्य ह्वात्तै घट्यो

  काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार आठ सयले घटेर

दोहोरो अंकले घट्यो नेप्से

  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक

वरिष्ठ कलाकार हरिवंश आचार्य कार निर्माता कम्पनी बिवाइडीका ब्राण्ड एम्बेसडर

  चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिनुभएको छ । बिवाइडी कम्पनीको नेपालस्थित

बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई