हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ


मोरङ, भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बिकले मिणालाई लेनदेनको बिषयमा बादबिबाद हुँदा हत्या गरी उदयपुरको श्रृष्टी जंगलमा फालेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङ कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन पुलमा पायलिङ मेशिनको काम गर्दै आएका मिणा गत माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा फागुन ७ गते उक्त जंगलमा उनको शव फेला परेको थियो ।

पुलको ठेक्कापट्टा गर्ने बिक र मृतक मिणाबिच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम गर्ने भनी सम्झौता भए अनुसार विगत डेढ महिनादेखि डास खोलामा काम गर्दै आईरहेकोमा गत माघ २३ गते बिकको वीरगंजस्थित अर्को साईड हेर्न भनी बिआर ०१ बिसि ५६९७ नम्बरको गाडीमा दुवै जना वीरगञ्ज गएका र माघ २५ गते फर्किएर बिकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेन सम्बन्धी बिबाद भएको थियो । मादक पदार्थ सेवन गरेका बिकले बादबिबादको क्रममा मिणाको घाँटीमा केबल तारले कसेर हत्या गरेको र शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारीबाट ३० किलोमिटर माथि जंगलमा लगि फालिदिएको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै बिकले मृतकको मोबाइल कोशी नदीमा फाली गाडी भारतीय बजार भिमनगर लगेर वेवारिसे अवस्थामा छोडेर फर्किएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

बिकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कटारी उदयपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई