अवैध लागूऔषध सहित ३ जना पक्राउ


कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बस्ने २३ वर्षीय राजु चौधरीलाई ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली लम्कीचुहा नगरपालिका-८ गप्का बस्ने ३९ वर्षीय गोपी वखेडालाई करिब ३ ग्राम ३ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गोपीले लागूऔषधको कारोबार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध, डिजिटल तराजु र नगद ५० लाख ५ सय ३० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगन्ज उपमहानगरपालिका-१६ चौलिकाचोकबाट बर्दिया बढैयाताल गाउँपालिका-९ शान्तिपुर बस्ने २४ वर्षीय प्रबिण बिसीलाई करिब १ सय ५० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई