गृहमन्त्री खाण ओली निवास बालकोटमा
काठमाडौं फागुन १० : गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको छ ।
संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गर्ने विषयमा छलफल गर्न खाण बालकोट जानुभएको हो । भेट्मा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।