मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ


पर्सा, वीरगञ्ज महानगरपालिका-६ स्थित सडकको छेउमा पार्किङ गरी राखिएको सोही ठाउँ बस्ने शुभम शर्माको ना.४३ प ३४४ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१६ ठेगाना भएका २१ वर्षीय संजय कुमार सर्राफ, सोही महानगरपालिका-२ ठेगाना भएका २० वर्षीय असफाक अली र २० वर्षीय चुनचुन बाबु राउत रहेका छन् ।

सडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा गत फागुन ७ गते मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुले उक्त मोटरसाइकल चोरी गरी संजय कुमार सर्राफको घरमा लुकाई राखेको खुल्न आएपछि उक्त मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरेको    हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमति लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई