निक्षेपकर्ताहरूको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा २ जना संचालकहरू पक्राउ


काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताहरूको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा २ जनालाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका-३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् । निक्षेपकर्ताहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका संचालकहरुले हिनामिना गरी आफूखुशी सहकारीको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेर उक्त ठगी गरी सहकारीमा ताला लगाएर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं अनामनगर र शिवलाई पकनाजोलबाट पक्राउ गरेको हो ।

अन्य बचतकर्ताहरुले समेत उक्त सहकारीमा आफ्नो निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न उक्त ब्यूरोले अनुरोध गर्नुका साथै यस सम्बन्धमा ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई