अवैध रुपमा लैजान लागेको विभिन्न मुलुकका मुद्रा सहित पक्राउ


काठमाडौं, अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुलुकका मुद्रा सहित भारतीय नागरिक राहदानी नम्बर जेड५३१४७४० बाहक ४५ वर्षीय सतिस परशोत्तम सजनानिलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका सजनानिलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिन एरियामा जाँच गर्ने क्रममा ह्‍याण्ड व्यागभित्र रहेको प्लाष्टिकमा विभिन्न देशका मुद्राहरू सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट २० हजार १ सय ५० अमेरिकी डलर, ३१ हजार ६ सय नेपाली रुपैयाँ,  बेलायती पाउण्ड ५, जर्जिया लारी ५०, भारतीय रुपैयाँ १ सय र यूएई दिराम १ हजार ३ सय ५५ प्रहरीले बरामद गरेको छ ।

बरामद मुद्रा सहित उनलाई आवश्यक कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको   छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई