हत्या पश्चात झोलामा प्याक गरी फालेको अवस्थामा शव फेला, घटनामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ


इलाम साबिक बाझो-१ स्थायी बतन भई हाल बिराटनगर महानगरपालिका-३ स्थित पिपलचोकमा डेरा गरी बस्ने ४३ वर्षीय दिनेश सिक्देलको हत्या पश्चात जेब्रा झोलामा प्याक गरी फालेको अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका-४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्डारी रहेका छन् ।

सुनसरी धरान उपमहानगरपालिका-४ कोशी राजमार्ग अन्तर्गत धरान-धनकुटा सडक खण्डको जेठामाने गोलाईस्थित सडकमा जेब्रा झोलामा फागुन ४ गते टाउको र खुट्टा र सोही ठाउँस्थित झाडीमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा ५ गते शरीरको भाग फेला परेको थियो । घटनास्थलमा फेला परेका दशी प्रमाणको विवरणका आधारमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत बहराइन प्रहरीसँगको समन्वयमा बहराइनस्थित टाटवीर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने दिनेश विदामा नेपाल आएपछि नफर्किएको खुल्न आएको थियो ।

घटनाको अनुसन्धानको क्रममा बहाराइनमा काम गर्ने दिनेश विदामा आउँदा कान्छी श्रीमतीसंगै बस्ने र यस पटक समेत नेपाल आउने जानकारी भए पनि हालसम्म घरमा नआएको भनि खुलेपछि निजको कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई सोधपुछका क्रममा निज र निजको साथी सरोजको मिलेमतोमा दिनेशको हत्या गरी मृतकको टाउको र तिघ्रा काटी प्लाष्टिकले बेरी झोलाभित्र राखी धरान उपमहानगरपालिका-४ स्थितमा फालेको खुल्न आएको हो । दिनेश बहराइनमा हुँदा उनकी कान्छी श्रीमती अनिता र सरोज बीचमा प्रेम सम्बन्ध रही ५/६ महिनादेखि निजहरु श्रीमान श्रीमती झै बसेका, दिनेशले कमाएको रकम अनितालाई पठाउने, सो रकम मोजमस्तीमा खर्च गर्ने लगायत कारणले लामो समयदेखि नै सम्बन्धमा खटपट रहेको र प्रेमी सरोजलाई १ लाख ऋण दिएको हुँदा थप ७५ हजार दिने र दुवै जना विवाह गरी बस्ने सर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि निजलाई हत्या गर्ने योजना बनाई योजनाबद्ध हत्या भएको खुल्न आएको छ । प्रहरीले वारदातमा प्रयोग भएको १ थान ग्रेण्डर मेसिन, १ थान गल्बन्दी, रगत जस्तो लागेको १ थान सर्ट लगायतका विभिन्न दशी प्रमाण समेत बरामद गरेको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई