प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता
काठमाडौं फागुन १२ : अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल सकिएपछी नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो ।
अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौतामा संसद्मा छलफल हुनु अघि देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको हो । देउवा र दाहालबीच अहिले कुराकानी भइरहेको छ ।