कूटनीति संवादबाट युक्रेन संकटको समाधान खोज्न नेपालको आग्रह


नेपाल सरकारले संवाद र कूटनीतिका माध्यमबाट युक्रेन संक्रटको समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

 

युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सरकारले त्यहाँ तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू सर्वमान्य रहेका तथा सबै सदस्य राष्ट्रले तिनको पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसंघको बडापत्रको प्रावधानका विपरीत भएको जनाउँदै विज्ञप्तिमा “नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ”, भनिएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई