प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौँ । संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
संसद् भवन परिसरमा भएको भेटवार्ता अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) पारित गर्ने सम्बन्धमा छलफल भएको थियो । संसदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले एमालेको साथ खोज्नुभएको छ ।
बैठकमा प्रधानमन्त्रीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन कुमार थापा र एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ सहभागी हुनुहुन्छ ।